पराआधुनिक सभ्यता ~ रचनाकाल - २८/११/२०१९
पराआधुनिक सभ्यता केही पनि रहने छैन अन्तमा प्रविधिले पराकाष्टा नाघेपछि न रहने छ प्रेम न आत्मीयता न सहानुभूति न संवेदना न सहृदयता न सज्जनता न आँशु न हाँसो न क्रन्दन न घुटन न पच्छाताप न विलाप न बोलि न संस्कार ....... मानवता नै न रहे पछि के पो बाँकी रहन्छ र ? मानव निर्मित आभाषी संसारमा ! होईन ! रहन्छ नि !! रहन्छ लालचको व्यापारिक 'ब्ल्याक होल' जसमा विलिन हुँनेछन् - मानवीय गुणका सबै झलमल्ल ताराहरू रहन्छ क्रूर हिंसा रहन्छ निर्मम स्वार्थ रहन्छ घातक एकाकीपन जसलाई भर्न सक्ने छैन अत्याधुनिक कुनै खेलौनाले फरक रहन्न केही रोबोट र मान्छेमा..... ! आउनेछ 'क्वान्ट्म चीप' जसलाई प्रत्यारोपित गरिएको हुँनेछ मानव नामधारी प्राणीको मस्तिष्कमा अनि चालित हुँनेछ ऊ त्यसैद्वारा यंत्रवत ! अनि ..... जटिल अन्तरजालको भुँवरीमा फँसेपछि यांत्रिक मान्छेले नष्ट गर्नेछ आफैलाई तर ..... आत्महत्या भनिने छैन त्यसलाई !