Posts

Showing posts from August, 2020

हाईकु

Image
  हाईकु -  (साउन) साउने झरी बल्झाउँछ अतीत  निथ्रुुक्क मन ! मनमा कुरा मेहन्दी छ हातमा साउने प्रीत !  वर्षाको पानी  रूझ्दैछन पालुवा  प्रेम निमग्न !                                         २२/७/१९     रूझेको चरी दिनभरी छ झरी भोकै बचेरा ! बाहिर वर्षा तुलबुलियो मन  भित्र बाछिटा ! दर्कने पानी भ्यागुताको दोहोरी कोरोना काल !                *****

~समय अनि जिजीविषा~

Image
      ~समय अनि जिजीविषा~ विचारहरूको 'ननस्टप' कुदाई , जस्तै अँध्यारोमा कुद्छ रेल - डक्-डक्.....डक्-डक् ! भावहरू फुत्किन्छन सुत्त सुत्त ! आउँदैनन् मुट्ठीमा | ठम्याउँन नपाई शब्दहरू पछि छोड़िन्छन् अँध्यारोमा झल्याकझुलुक गर्दै ! सुपरफास्ट बुलेट ट्रेन उमेर उड़ेर भेट्न खोज्छ क्षितिज  निमेष मै थाहै नपाई | समय आकाशको जून जति जति कुदयो भेट्नलाई भाग्छ पर पर उति उति  स्मृतिको तलाउमा उफ्रि रहन्छन् उम्केका ठुला माछाहरू ! जीवनका ती उकाली ओह्रालीहरू थुम्थुम्याउँनु नपाई थाकेर सुतेका रून्चे आशा-अभिलाषाहरू निर्वासित भएका सपनाहरू बाध्यताको तुषारोले डढ़ेका ती कलिला रहरहरू शून्यबाट आरम्भ भएर सबै शून्यमै विलिन हुनेछन् एकदिन | तरै पनि....तरै पनि हरेक कठिन समयमा छेउमा आएर ठिङ्ग उभिन्छ जिजीविषा कुममा धाप मारेर भन्छ म छु त ! नवम्बर १४/ १९१८

खोला अनि आकाश

Image
     खोला अनि आकाश उभिनु खोलाको बगरमा वा बसिदिनु खोलाको माझ  ढुँगाको टापुमा सुन्नु खोलाको गीत बग्न दिनु केही पल मनलाई  खोला सङ्गसङ्गै अनि बिस्तारै फकाई ल्याउँनु त्यसलाई  सुन्नु खोलाको झरझर संगीत | मनलाई बनाउँनु  पानीमा उभेको शान्त, एकाग्र बकुला टप्प टिप्नु  खुशीको चंचले माछोलाई ! मनलाई पोति दिनु वरीपरीको हरियो क्यान्भासमा  अनि भुल्नु सबै पीर व्यथा  र जीवनका तिक्तताहरू सधैं हुँनु नि जीवन यस्तै स्वच्छ नीलो आकाश  यसरी नैं मन उड़नु नी सधैं  उँभो उँभो सेता रूवाका बादल सरी | १७/१२/२०१९