खोला अनि आकाश

    


खोला अनि आकाश

उभिनु खोलाको बगरमा
वा बसिदिनु खोलाको माझ 
ढुँगाको टापुमा
सुन्नु खोलाको गीत
बग्न दिनु केही पल मनलाई 
खोला सङ्गसङ्गै
अनि बिस्तारै फकाई ल्याउँनु त्यसलाई 
सुन्नु खोलाको झरझर संगीत |
मनलाई बनाउँनु 
पानीमा उभेको शान्त, एकाग्र बकुला
टप्प टिप्नु 
खुशीको चंचले माछोलाई !
मनलाई पोति दिनु
वरीपरीको हरियो क्यान्भासमा 
अनि भुल्नु सबै पीर व्यथा 
र जीवनका तिक्तताहरू
सधैं हुँनु नि जीवन
यस्तै स्वच्छ नीलो आकाश 
यसरी नैं मन उड़नु नी सधैं 
उँभो उँभो
सेता रूवाका बादल सरी |

१७/१२/२०१९

Comments

Popular posts from this blog

~समय अनि जिजीविषा~

सहर (पुरानो फेसबुक पोस्ट)

~कविता~