"कति दिन बाँच्न सक्छ
एउटा मानिस
कविता बिना ?"
प्रश्न एउटा कविको |
उत्तर पाठकको आ-आफ्ने़ै हुन सक्छ
तर
मैले भनि दिएँ-
एक दिन पनि बाँच्न सक्तैन
एउटा मान्छे
कविता बिना |
घर भित्र छ कहीं न कहीं
सम्बन्धहरुमा न्यानो माया
त्यहाँ छ कविता
घर बाहिर कतै छ मित्रता
कतै छ मीठो आत्मीयता
त्यहाँ छ कविता
आकाशमा छन् घाम जून
अनि छ ताराहरुको संसार
त्यहाँ छ कविता
कतै हरियाली छ
अनि छन् फूलहरू
छन् चरा र पुतलीहरू
त्यहाँ कविता छ
सुर्योदय छ सुर्यास्त छ
संगीतको आरोह र अवरोह छ
त्यहाँ छ कविता
हरेक दृश्यमा छ कविता
हरेक प्रेममा छ कविता
केही सम्बन्धहरूमा छ कविता-
र त मान्छे बाँची रहेको हुन्छ |
जुन दिन अनुभूत गर्न छोड्छ मान्छेले
यी सबै कुरा
अनि संवेदना शून्य हुन्छ
प्रेम-विहीन हुन्छ
कविता सकिन्छ उसको जीवनमा
तब ऊ मर्छ |
मानव जीवनमा शब्दहरूको अति ठूलो भूमिका छ। कविता बिनाको जीवन सोच्न पनि सकिनन्। धेरै राम्रो लग्यो तपाईँको यो कविता। सादर प्रणाम।
ReplyDeleteसुन्दर अनि सार्थक मन्तव्यको निम्ति आभार ।
Delete