~कविता~


कविता


"कति दिन बाँच्न सक्छ 
एउटा मानिस
कविता बिना ?"
प्रश्न एउटा कविको |

उत्तर पाठकको आ-आफ्ने़ै हुन सक्छ
तर
मैले भनि दिएँ-
एक दिन पनि बाँच्न सक्तैन
एउटा मान्छे 
कविता बिना |

घर भित्र छ कहीं न कहीं
सम्बन्धहरुमा न्यानो माया 
त्यहाँ छ कविता 
घर बाहिर कतै छ मित्रता
कतै छ मीठो आत्मीयता
त्यहाँ छ कविता
आकाशमा छन् घाम जून 
अनि छ ताराहरुको संसार
त्यहाँ छ कविता 
कतै हरियाली छ
अनि छन् फूलहरू
छन् चरा र पुतलीहरू 
त्यहाँ कविता छ
सुर्योदय छ सुर्यास्त छ
संगीतको आरोह र अवरोह छ
त्यहाँ छ कविता 
हरेक दृश्यमा छ कविता
हरेक प्रेममा छ कविता
केही सम्बन्धहरूमा छ कविता-
र त मान्छे बाँची रहेको हुन्छ |
जुन दिन अनुभूत गर्न छोड्छ मान्छेले 
यी सबै कुरा
अनि संवेदना शून्य हुन्छ 
प्रेम-विहीन हुन्छ
कविता सकिन्छ उसको जीवनमा
तब ऊ मर्छ |

Comments

  1. मानव जीवनमा शब्दहरूको अति ठूलो भूमिका छ। कविता बिनाको जीवन सोच्न पनि सकिनन्। धेरै राम्रो लग्यो तपाईँको यो कविता। सादर प्रणाम।

    ReplyDelete
    Replies
    1. सुन्दर अनि सार्थक मन्तव्यको निम्ति आभार ।

      Delete

Post a Comment

Popular posts from this blog

~समय अनि जिजीविषा~

सहर (पुरानो फेसबुक पोस्ट)