पराआधुनिक सभ्यता ~ रचनाकाल - २८/११/२०१९
पराआधुनिक सभ्यता
केही पनि रहने छैन अन्तमाप्रविधिले पराकाष्टा नाघेपछिन रहने छ प्रेम न आत्मीयतान सहानुभूति न संवेदनान सहृदयता न सज्जनतान आँशु न हाँसोन क्रन्दन न घुटनन पच्छाताप न विलापन बोलि न संस्कार .......मानवता नै न रहे पछिके पो बाँकी रहन्छ र ?मानव निर्मित आभाषी संसारमा !होईन !रहन्छ नि !!रहन्छ लालचको व्यापारिक 'ब्ल्याक होल'जसमा विलिन हुँनेछन् -मानवीय गुणका सबै झलमल्ल ताराहरूरहन्छ क्रूर हिंसारहन्छ निर्मम स्वार्थरहन्छ घातक एकाकीपनजसलाई भर्न सक्ने छैनअत्याधुनिक कुनै खेलौनालेफरक रहन्न केहीरोबोट र मान्छेमा..... !आउनेछ 'क्वान्ट्म चीप'जसलाई प्रत्यारोपित गरिएको हुँनेछमानव नामधारी प्राणीको मस्तिष्कमाअनि चालित हुँनेछ ऊ त्यसैद्वारायंत्रवत !अनि .....जटिल अन्तरजालको भुँवरीमा फँसेपछियांत्रिक मान्छेले नष्ट गर्नेछ आफैलाईतर .....आत्महत्या भनिने छैन त्यसलाई !
साष्टाङ्ग प्रणाम, कवि ज्यू। उत्कृष्ट रचना!
ReplyDeleteहार्दिक आभार !
Delete