बैंसका चित्रहरू
सुनसान देखिने यस बाटोबाट
केही क्षण अघि मात्र भित्रिएकाछन पार्कमा
धेरै .....जोड़ी-जोडी बैंसालु पाईलाहरू
मनको खल्तीमा बोकेकाछन्
सप्तरङ्गगी सपनाका रङ्गहरू
अनि बैंसका विविध कुचीहरू |
बसेका छन पोथ्रा-पोथ्रीको आड़ लिएर
आफ्ना एकान्त निजी क्षणहरू रोजेर
कोर्दैछन् मीठा तर बाङ्गा-टेड़ा
भोलीका रेखाहरू
भर्दैछन रङ्गहरू...
यौवनको सादा क्यान्भासमा |
कसलाई थाहा कतिको चित्र
जाला च्यातिएर,
अर्थहीन रेखाहरू र बेमेल रङ्गहरूले
कुनै आकार लिन नपाई |
कतिको चित्र जीवन्त भई
भरिएला जीवन खुशीले
अनि केही वर्ष पछि
तिनै जोड़ी जोड़ी पाईलाहरू
यसै बाटोबाट गर्लान भित्र प्रवेश
एक जोड़ी बालक पाईलाहरू डोऱ्याऊँदै |
(पुरानो फेसबुक पोस्टबाट)

Comments
Post a Comment