शिर्षक विहीन
शिर्षक विहीन
पहाड़,हरियाली र ससाना थुम्काथुम्कीहरेक थुम्कामा हरियो चियाबारीअनि चियाबारीमाथि नीलो आकाशमाउड़ी रहेका वेरङ्ग सपनाका बादलहरू |यी सबलाई वास्तै नगरीपिठ्यूँमा टोकरी बोकेरचियाका मुनाहरू होईनजीवनका दुःखाईहरू टिपिरहेकाकेही चेलीहरू |यो दृश्य देखी रहन्छुबेला बखत सपनीमा पनि |
त्यसैले,पहाड़ छोड़े पछि विस्मृत नहोस भनेरबनाउँन लाएकोछु चित्रकार भाईलाईठूलो एउटा क्यानभासमात्यस्तै दृश्य अँटाएको एउटा चित्रअनि भनेकोछु -तिम्रो कल्पनामा आए पनि नआए पनिबनाई देउ है चित्रको पृष्टभूमिमा-एउटा ढुस्स परेको अग्लो कञ्चनजंघा |चियाबारीको सुन्दर दृश्यमाकतै कतै ब्रसले हा'न्दिनु है-चियाबारीको बेदनाकादुई चार हल्का स्ट्रोकहरू |जुन चित्रलाई बनाउँन सकूँ पहाड़को चिनोसजाउँन सकूँ पछिमेरो सहरीया घरको बैठक कोठामाअनि चिया पिउँदै पिच्छे हरेक दिनअनुभूत गर्न सकूँ
चियाबारीको सुन्दरतापछिको विडम्बनाहरू |
रचना काल - ११/१०/२०१८

Comments
Post a Comment